झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरबाट एकजना पक्राउ परेका छन् ।
मेचीनगर ६ बाट इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ईलाम माईजोगमाई १ बस्ने २३ वर्षिय जोसेफ थापालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी कानुनी प्रकृया अगाडी बढाईएको उनकाे भनाइ छ ।
लोकप्रिय समाचार




