Logo

भोलिदेखि अतिरिक्त खोप, को-कसले पाउँछन् ?

देश प्रदेश समाचार १९ पुष २०७८, सोमबार २१:१९ मा प्रकाशित

काठमाडौं सरकारले मंगलबारदेखि कोभिड–१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेरोसेलको पूर्ण मात्रा लगाएको तीन महिना पुगेका ६० वर्षमाथिका नागरिक र दीर्घरोगीलाई अतिरिक्त खोप दिन लागिएको हो ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका दीर्घरोगीलाई अतिरिक्त खोप दिइने उनले बताए । ‘भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा दिने निर्णय भएको छ,’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘भोलिदेखि नै खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट खोप दिन सुरू गरिने छ ।’

अनलाइन खबरबाट


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?