जिल्ला अध्यक्ष केशब प्रसाद ओझाको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष ओझा द्वारा प्रस्तुत विभिन्न प्रस्ताब माथि छलफल भएको र आगामी स्थानिय चुनाव लक्षित विषयहरुमा छलफल गरिएको जनाइएको छ।
उक्त अवसरमा पार्टी बिधान अनुसार अध्यक्षले मनोनित गर्ने जिल्ला पदाधिकारी तथा सदस्यहरुको मनोनयन गरिएको छ।

भेलाले जिल्ला प्रवक्तामा मिडिया नेपालका केन्द्रिय सदस्य समेत रहेका सान नेपाल जिम्मेवारी प्रदान गरेको जनाइएको छ। त्यस्तै दिलिप पाण्डेलाई समेत सोही बमोजिमको जिम्मेवारी प्रदान गरिएको अध्यक्ष ओझाले जानकारी गराएका छन्।
यसैगरी नयाँ जिम्मेवारी अनुसार जिल्ला उपाध्यक्ष बिजय बराल र सीता लम्साल, सचिबमा भवानी राजवंशी, कोषाध्यक्षमा राजेश कुमार सोनी सहसचिब रुद्र मणि अर्याल र अभिषेक ढुङ्गाना तथा दुर्गा गौतम सह कोषाध्यक्षमा योग्य निधि भुर्तेल रहेका छन्।
कार्यक्रममा स्व. राजा विरेन्द्रको योगदानका विभिन्न वक्ताहरुले धारणा प्रस्तुत गरेका थिए। आगामी पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकार संग माग गरिएको अध्यक्ष ओझाले बताए।
स्थानीय निर्वाचन बैसाखमा हुने भएकोले सो अनुसार गतिविधी संचालन गर्न जिल्ला भित्रमा १५ वटै पालिका समितिलाई आवश्यक तयारी गर्न समेत निर्देशन दिईएको अध्यक्ष ओझाको भनाई छ।




