Logo

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

देश प्रदेश समाचार २५ श्रावण २०८०, बिहीबार २०:४३ मा प्रकाशित

                                                               साङकेतिक तस्वीर

झापा झापाको कन्काई नगरपालिकामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

आज साँझ ५ बजेको समयमा कन्काई १ सिर्जना टोल बस्ने बिजय भुजेलकी छोरी अन्दाजी ४ वर्षिया निशा भुजेल र सोही ठाउँकी देबीमाया जोगीका छोरा ३ वर्षिय कुमार जोगीको बाघे खोलामा डुबेर मृत्यु भएको हो । घरदेखि पूर्वमा रहेको बाघे खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर निशाको घट्नास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर अबस्थाका कुमारलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल ल्याई पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

घटनापश्चात् ईलाका प्रहरी कार्यालय सुरुङगाबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका अनारमनीबाट टोली खटिगएको डीएसपी रिजालले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?