Logo

हल्दीबारीमा पुन: जग्गा वर्गीकरण सहजीकरण समिति गठन

देश प्रदेश समाचार २३ श्रावण २०८०, मंगलवार २०:२७ मा प्रकाशित

भद्रपुर झापाकाे हल्दीबारी गाँउपालिकामा जग्गा वर्गीकरण नीतिविरुद्ध तीब्र विरोध भएपछि गाउँपालिकाले अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।

जग्गा भू–उपयोग वर्गीकरणसम्वन्धी विषयमा गाउँपालिकामा नेकपा एमाले, नेपाली काँङ्ग्रेस र माओवादी केन्द्रले वुझाएको ज्ञापनपत्रका मागहरुलाई सम्वोधन गर्दै गाउँपालिकाले अध्यक्ष लिङ्देनको संयोजकत्वमा सो समिति गठन गरेको हो ।
समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँई रहेका छन भने सदस्यहरुमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,सबै वडाध्यक्षहरु, क्रियाशील राजनीतिक दलका एक–एक जना प्रमुख तथा प्रतिनिधिलाई राखिएको निमीत्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले जानकारी दिए । समितिले जग्गा वर्गीकरणसम्बन्धी आएका समस्याहरुको पहिचान गर्ने र समाधानका लागि अघि बढ्ने निणर्य गरेको उनको भनाइ छ ।
हल्दीबारीमा वैज्ञानिक आधारमा जग्गा वर्गीकरण नभएको भन्दै राजनीतिक दलहरुले चरणवद्ध आन्दोलन घोषणा गरेपछि थप विवाद नहोस भनेर राजनीतिक दलसहित मङ्गलबार विहान बसेको वैठकमा सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु उहाँहरुले फिर्ता लिएको जानकारी दिए ।
गाउँपालिकाको भू–उपयोग तथा जग्गा वर्गीकरण कार्यमा केही प्राविधिक समस्या देखिएकाले केही समयका लागि जग्गा अद्यावधिक सिफारिस कार्य स्थगित गरिएको उनले बताए । समस्या समाधानका लागि विहीबार मालपोत कार्यालय झापामा नापीका प्राविधिक, प्रमुख मालपोत अधिकृत, राजनीतिक दल, सहजीकरण समितिसहित छलफल हुने उनले जानकारी दिए ।
साथै ध्यानाकर्षण पत्रमा माग भएबमोजिमको कर्मचारीको नियुक्तिका सम्बन्धमा गाउँपालिकाले नियमबमोजिम कार्य गर्ने तथा रोकिएका आयोजनाहरुलाई स्रोत साधन र बजेटको उपलब्धता हेरी कार्यान्वयन गरिने समेत निणर्य गरिएको जनाइएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?