भद्रपुर । नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित १ जना मानिस पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा झापाकाे दमक-९ का २२ वर्पीय रोहित गौतम रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

साेमबार ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका नडा नं. ९ चिया वगानमा गौतमलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
लोकप्रिय समाचार




