Logo

झापाका दक्षिणी क्षेत्र डुवानमा

देश प्रदेश समाचार २७ असार २०८०, बुधबार २१:१४ मा प्रकाशित

भद्रपुर देशमा विकासका गतिविधि बढ्दै गएपनि सडक निर्माणकाे क्रममा साना तथा अव्यवस्थित नाली बनेकाले वर्षायाममा गाउँबस्ती जलमग्न हुने गरेका छन् ।
गएरातिदेखि परेकाे अविरल वर्षाले झापाका दक्षिणी क्षेत्र अधिकांश भु-भाग जलमग्न भएका हुन् ।
वर्षाका कारण भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, हल्दीबारी गाउँपालिका, गाैरादह नगरपालिकालगायत अधिकांश भु-भाग जलमग्न भएका हुन् ।
भद्रपुर नगरपालिका सबै वडा जलमग्न भएका छन् भने वडा १० काे आयुर्वेदिक अस्पताल, शाईमार्ग, चन्द्रगढी हाटबजार क्षेत्र जलमग्न भएका छन् । लेखनाथ मार्गकाे १० र ७ वडाकाे सिमानामा रहेकाे एउटा फर्निचर उद्योगमा पानीकाे निकास नभएकाे र सडक बनाउदा घरकाे पर्खाल भत्किन्छ भनेर नाली साँघुरो बनाएकाेले  पानी  पसेकाे फर्निचर सञ्चालक सनलाल राजवंशीले बताए ।
सडक कालाे पत्रे भएपनि पानीकाे निकासकाे व्यवस्था नभएकाेले घर भित्र पानी पसेकाे शाईमार्गका राजु पाेखरेलले बताए ।
लेखनाथमार्ग बाटाे बन्दा नाली सागुराे बनेकाेले अहिले यहाँ पानी जमेकाे साेहि मार्गका मनाेज लामाले बताए ।वर्षाले भद्रपुरकाे वडा नं. ९ र १० सिमानामा रहेकाे पक्की कल्भर्टमा क्षति पुर्‍याएकाे छ भने नजिकै रहेकाे आगन राजवंशीकाे घरमा सामान्य क्षति पुगेकाे राजवंशीले बताए ।
भद्रपुर ८ मा रहेकाे सुकुम्बासी बस्ती डुवानमा परेका छन् भने राज पाण्डेकाे घरमा पानी पसेर एकबाेरा चामल वगाएकाे पाण्डेले बताए ।
अहिले पानी पर्न राेकिएपछि डुवानकाे स्थिति सामान्य बन्दै गएकाे छ ।
वर्षाले बस्ति डुवानमा परेपछि ८ का  वडा सदस्य  भगवती बस्नेतले राहत वितरणका लागि नामावली सङ्कल गरेर राहत वितरण गर्ने बताईन् ।
झापाकाे सदरमुकाम भएपनि पानीकाे निकास नभएकाे कारण वर्षैपिच्छे याे क्षेत्र डुवान हुने वडा १० का सचिव मन कुमार डागीले बताए ।
घर आगाे लागेपछि कुवा खन्ने उखान झै नगरपालिकाले अहिले नाली सफ्फा गराउन थालेकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?