Logo

६ थान सखुवाका गोलिया बरामद

देश प्रदेश समाचार २५ असार २०८०, सोमबार १६:५९ मा प्रकाशित

भद्रपुर झापाकाे बिर्तामोड– ७ मा रहेकाे सुन्दर निचाझोडा सामुदायिक वनबाट चोरी तस्करी गरी लगिएको ६ थान सखुवाका गोलिया बरामद गरिएको छ ।
आइतबार बिहान साढे पाँच बजे वनबाट चोरी गरी बिर्तामोड– ३ मा रहेकाे प्रज्वल फर्निचरमा पुर्याएको अबस्थामा पिछा गर्दै गएका उपभोक्ताहरुले काठ फेला पारी डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । मे १ च ३०७९ नं को सेतो रङ्गको हात्ती गाडीबाट काठ अनलोड गरिसकेको अबस्थामा उपभोक्ताहरु पुगेका थिए ।
४३ दशमलव ३४ क्युविक फुट काठ बरामद गरी डिभिजन वन कार्यालयमा ल्याईएको र चोरी तस्करीमा संलग्नहरुको खोजी भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् । सुन्दर निचाझोडा वनमा चोरी तस्करी बढेपछि उपभोक्ताहरुले गस्ती गर्न थालेको वन समितिका अध्यक्ष बद्री प्याकुरेलले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?