Logo

कचनकवलमा बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न अनुमति

देश प्रदेश समाचार २३ जेष्ठ २०८०, मंगलवार १६:५० मा प्रकाशित

भद्रपुर झापाको कचनकवल गाउँपालिकाले आजदेखि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।

गाउँपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक तथा निजी विद्यालयले असार १५ गतेसम्म बिहान ६ बजेदेखि १० बजेसम्म विद्यालय सञ्चालन गर्न पाउने भनी सूचना जारी गरेको छ । अत्यधिक गर्मी बढेपछि गाउँपालिकाले जेठ १८ गतेदेखि २२ गतेसम्म विद्यालय बन्द राखेका थिए । विद्यार्थीको स्वास्थ्यसँगै पठनपाठनलाई ख्याल गर्दै गाउँपालिकाले बिहानी पख विद्यालय लगाउन अनुमित दिएको गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?