भद्रपुर । नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा भारतकाे पश्चिम बंगाल प्रान्त दार्जेलिङ जिल्ला खोरीबारी थाना बस्ने वर्ष २२ को शिवु घोष र वर्ष २६ की श्यामली सोरेन रहेका छन् ।

शुक्रबार लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोवार भइरहेको विषेश सुचनाको आधारमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ८ क्यापस मोड स्थित पुर्वबाट पश्चिम तर्फ छुट्टाछुट्टै साईकलमा आउदै गरेका साेरेन र घाेषलाई शंका लागी चेकजाँच गर्दा शिवु घोष (प्रतिबन्धित लागुऔषध ब्राउन सुगर डिलरवाला) ले बोक्न लगाएको श्यामली सोरेनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १९४ ग्राम ५४० मिलिग्राम फेला परेकोले दुवै जनालाई नियन्त्रणमा लिई निजहरुको २ थान साइकल र २ थान मोबाईल समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।




