भद्रपुर । नेपाल प्रहरीले ज्यान मार्ने उधोग मुद्धामा फरार रहेका १ जना फरार प्रतिबादी पक्राउ गरेकाे छ ।
झापा जिल्ला अदालतको मिति २०७३ असाेज ११ गतेको फैसला अनुसार ज्यान मार्ने उधोग मुद्धामा फरार रहेका झापाकाे झापा गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३९ काे भुपेन भन्ने रुप बहादुर रायलाई पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हुँदा सम्मानित अदालतको आदेशले निज प्रतिबादीलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
लोकप्रिय समाचार




