भद्रपुर । नेपाल प्रहरीले एकै रातमा ४ वटा सटर फोडी चोरी गर्ने १ जना मानिस पक्राउ गरेकाे छ ।
झापाकाे शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगंज बजारमा लगातार श्रृङ्खलाबद्ध रुपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो ईलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त अनुसार प्रहरीले गहन रुपमा अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न झापाकाे शिवसताक्षी नगरपालिका वडा नं. ५ आमबाडी बस्ने बर्ष ५६ को सविलाल खवासलाई चोरी भएको सामानहरु, नगद र चोरी भएको अवस्थामा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडा सहित निजको घर वतनबाट पक्राउ गरी सम्मानित झापा जिल्ला अदालतबाट चोरी मुद्धामा दिन ७ म्याद थप गरी
ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएकाे छ ।

लोकप्रिय समाचार




