Logo

ज्ञानेन्द्र शाहीको प्रश्न : आईजीपीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने ?

देश प्रदेश समाचार १० जेष्ठ २०८०, बुधबार १५:५१ मा प्रकाशित

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी प्रश्न गरेका हुन् ।

‘नेपाल प्रहरीका आइजिपीको विरुरुद्धमा पनि पत्रपत्रिकामा आएको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्न कि नगर्ने ?’ सांसद शाहीले प्रश्न गरे ।

यही बेला पमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु छलफलमा जुटिरहेको उल्लेख गर्दै त्यसो गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा कमजोर हुने बताए ।

‘नाम पत्रिकामा भकाभक आइराखेको छ । तीन दल बसेर खुसुखुसु गर्नुहुन्छ । यसो बालुवाटारतिर लुकी लुकी त्यो गरेपद्धि मुद्दा कमजार हुँदै जान्छ’ उनले अगाडि भनेका छन्, ‘…नेताहरुको नाम पनि आइराखया छ । तिनीहरुको के गर्ने ? उम्काइदिने ?’

अनलाइन खबरबाट


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?