Logo

व्यवस्थापन समितिले नियमभन्दा बाहिर गएर काम गरिरहेको ठहर– प्रजिअ पोखरेल

देश प्रदेश समाचार ९ जेष्ठ २०८०, मंगलवार ०९:४५ मा प्रकाशित

भद्रपुर झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विद्यालय व्यवस्थापन समितिले नियमभन्दा बाहिर गएर काम गरिरहेको बताए । झापा भद्रपुर ९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा उत्पन्न विवादलाइ उनले केही दिनभित्र टुङ्गो लगाइने जनाए । केही दिनभित्र नगरपालिकमा वैठकवसी समस्या समाधान गरिने उनले बताए । यता भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीले विना शर्त शिक्षकलाइ हाजिर गराउँनु पर्ने बताए । सम्बन्धीत वडाअध्यक्षको रोहवरमा हाजिर गराउने विषयमा निर्णय भइसकेको जनाए । विवादको मिलन विन्दुमा पुगिसकिएको वडा अध्यक्ष रामबहादुर दाहालले बताए । मेयर,व्यवस्थापन समिति वसेर केही दिन भित्रमा नै टुङ्गो लगाइने उनले जानकारी दिए ।
व्यवस्थापन समितिले मावि तहका शिक्षक श्रीजना प्रसाई, कमला राई, सहित शिक्षकहरु सुमित्रा पौडेल, डिल्लीराम अधिकारी र सर्मिला अधिकारीलाई विद्यालयमा वैशाख ५ गतेबाट हाजिर हुन दिएको छैन ।
विद्यालयले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई समेत उल्लङ्घन गर्दै आइरहेको छ । व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई उल्लघङ्न गर्दै शिक्षकलाई हाजिर हुन दिएका छैनन ।

विद्यालयको गतिविधिमा असहयोग गरेका कारण दुइजना शिक्षक प्रसाई र अधिकारीलाइ केही समय हाजिर नगराएको व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले बताए । अन्य तीनजना शिक्षकलाइ भने हाजिर गर्न कहिल्यै नरोकेको उनको भनाइ छ । तीनजनालाइ पटक – पटक हाजिर गर्न अनुरोध गरेपनि अटेर गरेपछि हुलाक मार्फत पत्र पठाइएको उनले जानकारी दिए । अन्य दुइजना शिक्षकको विषयमा वडाअध्यलाइ जिम्मा दिएको उनले बताए । केही दिन भित्र दुइजनालाइ पनि हाजिर गराइने उनले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?