Logo

५ जना फरार प्रतिबादीहरु पक्राउ

देश प्रदेश समाचार ७ जेष्ठ २०८०, आईतवार २२:०० मा प्रकाशित

भद्रपुर नेपाल प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ५ जना प्रतिवादीहरुलाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले आइतबार फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएकाे छ । पक्राउ पर्नेमा चाेरी मुद्दामा ३० दिन कैद र ९ हजार जरिवाना भई फरार रहेका झापाकाे भद्रपुर नगरपालिका वडा नं.६ बस्ने बर्ष १९ को समिर भन्ने सुमिर हेमरम, अपराधिक उपद्रव मुद्धामा २ बर्ष कैद र २० हजार जरिवाना भई फरार रहेका झापाकाे हल्दीबारी गाउँपालिका वडा नं.२ बस्ने बर्ष २० को सुनिल किस्कु, लागुऔषध गाँजा मुद्धामा १ बर्ष १ महिना कैद र ६ हजार ६५० जरिवाना भई फरार रहेका झापाकाे गौरीगञ्ज गाउँपालिका वडा नं.४ बस्ने बर्ष ६५ को सरिया भन्ने बुद्धलाल राजबंशी, चोरी मुद्धामा ३० दिन कैद र रु.२१ हजार जरिवाना भई फरार रहेका पाचथर याङबरक गाउँपालिका वडा नं.३ घर भई हाल भद्रपुर नगरपालिका वडा नं.२ बस्ने बर्ष २२ को बसन्त लिम्बु भन्ने बसन्त कुमार सेलिङ र जरिवाना रकम दाखिला गरी छुटि गएको सवारी ज्यान मुद्धामा रु.२ हजार जरिवाना भई फरार रहेका झापाकाे मेचीनगर नगरपालिका वडा नं.५ बस्ने बर्ष २८ को अर्जुन श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?