Logo

भद्रपुर क्षेत्रका पत्रकारलाइ लक्षित गरी दुइदिने आधारभूत पत्रकारिता सम्पन्न

देश प्रदेश समाचार ७ जेष्ठ २०८०, आईतवार १७:१३ मा प्रकाशित

भद्रपुर । भद्रपुर क्षेत्रका पत्रकारलाई लक्षित गरी दुइदिने आधारभूत पत्रकारिता प्रशिक्षण एवम् कार्यशाला कार्यक्रम सम्पन्न भएकाे छ ।
‘स्थानीय तहको समग्र विकास’ लक्षित नारा लिएर प्रेस क्लब भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको वित्तिय सहयोगमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा पत्रकारिता क्षेत्रका ज्ञाता युवराज गौतम र पत्रकारिता विषयमा मास्टर गरेका तथा पत्रकार महासघं झापा शाखाका सचिव डिकेश लामाले प्रशिक्षण दिएका थिए । गौतमले वि.सं.२०३४ साल देखि शुरु गरेको पत्रकारिताको अवस्था र हालसम्मको वस्तुस्थितिका बारेमा अनुभव तथा घट्नाक्रम सुनाएका थिए । उनले नेपाली पत्रकारिताको अवस्था र पत्रकारहरुको दायित्वका बारेमा कार्यपत्र मार्फत थप प्रष्ट पारेका थिए ।

लामाले अहिलेकाे सञ्चार क्षेत्र सबै डिजिटल माध्यममा गएर मल्टिडिभाइसले थप चुनाैति बढ्दै गएकाेले समय अनुसार चल्न सके यस क्षेत्रमा धेरै अगाडि बढ्न सकिने बताए । समाचार पनि एउटा प्राेडक्ट भएकाेले यसकाे सहि बजार खाेजेर बेच्न सक्नु हाम्राे उपलब्धी हुने उनले तालिममा सहभागिलाई जानकारी गराएका थिए ।
भद्रपुर क्षेत्रका उदयीमान र पुराना पत्रकारहरुसहित ३० जना सहभागि भएको कार्यक्रममा  प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पाेखरेलले सहभागिलाई प्रमाणपत्र वितरण गरेका थिए ।
क्लबका अध्यक्ष राजबाबु शङ्करको सभापतित्व तथा नगरप्रमुख पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा  वरिष्ठ पत्रकार गाेविन्द चन्द्र क्षेत्री र सहभागिकाे तर्फबाट ईसा प्रधान र दिलिप राईले बाेलेका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?