Logo

कराेडाैंकाे जग्गा जालझेलले सुकम्बासी, डिप्रेसनले जग्गाधनीकाे मृत्यु

देश प्रदेश समाचार ३१ बैशाख २०८०, आईतवार १९:२५ मा प्रकाशित

झापा / कराेडाैं मुल्यकाे जग्गा भएतापनि जालझेलमा परेर झापाका एक परिवार सुकुम्बासी भएका छन् भने जग्गाधनी हरि मैनालीकाे शनिवार वेलुका डिप्रेसनकाे कारण मृत्यु भएकाे छ ।

झापाकाे विर्तामाेड नगरपालिका वडा नं. ८ पग्लिघट्टीका मैनाली परिवारमा याे विपत परेकाे हाे । घटना विवरण अनुसार हरि मैनालीले २०७० वैशाख ८ गते मालपाेत कार्यालय झापामा २० लाख वैना लिएर भक्तपुरकाे झाैखेल ३ बस्ने दिपक चन्द्र न्याैपानैलाई १ विगाह १० कठ्ठा जग्गा राजिनामा गरिदिएका थिए, तर जग्गा वापत बाँकी रकम ४ कराेड भरेभाेलि दिने भन्दै नदिएपछि २०७७ असाेज २३ गते विर्तामाेड नगरपालिका वडा नं. ८ काे कार्यलयमा  दुवैपक्ष भेला भएर का.वा  वडाध्यक्षकाे राेहवरमा लिनेदिने तमासुकमा साेहि  दिन न्याैपानेले १ लाख ५० हजार मैनालीलाई दिने र बाँकि रकम चेक मार्फत दिने सर्तमा २२०७७/१२/ २१ गते १ कराेड, २०७८/६/२१मा १ कराेडकाे, २०७८/१२/२१ मा १ कराेड र २०७९/१२/६ मा ९८ लाख ५० हजारकाे चेक दिएकाे तमासुक गरेका थिए ।

तमासुक वमाेजिम चेक मार्फत रकम नपाएपछि मैनाली परिवारले कानुनी उपाय अपनाएर अदालतमा चेक वाउन्सकाे मुद्दा दायर गरेका थिए भने आजकाे मितिसम्म पनि उक्त मुद्दा उच्च अदालत ईलाममा विचाराधिनमा छ भने न्याैपाने धराैटीमा छुटेकाे मैनाली परिवारले जनाएकाे छ ।

त्यसैगरि २०७० साउन २४ गते पुन मैनालीले काभ्रेपलान्चाेककाे ढुङखर्क ७ बस्ने नमराज ढुङ्गानालाई १२ कठ्ठा १० धुर जग्गा राजिनामा गरिदिएका थिए भने ३ कठ्ठा विर्तामाेड ८ गरामनीमा रहेकाे प्रशान्ति एकेडेमीलाई तत्कालिन विद्यालयका प्रिन्सिपल धनपति नेपालले विद्यालय सहयाेगका लागि विद्यालयकाे नामामा राजिनामा गर्ने र पछि फिर्ता गर्ने माैखिक शर्तमा मैनालीले दिएका थिए ।

गरामनी बजार छेउमा रहेकाे एक माेटरसाईकल ग्यारेजलाई माेटरसाइकल मर्मत गरेकाे १ लाख दिन नसकेर भएकाे १ कठ्ठा पनि १ लाख दिएर फिर्ता गर्ने शर्तमा ग्यारेज मालिक राजवंशीलाई दिएकाे पारिवारिक स्राेतले बताएकाे छ ।
पाथिभरा मार्वल्स एण्ड ग्रेनाइट कम्पनी प्रा .लि सञ्चालनकाे लागि स्व.डिल्ली मैनाली, युवराज सिटाैला, चेतराज सिटाैला र साेैरभ सिटाैलासहित चार जनाकाे माैखिक सहमतिमा डिल्ली मैनालीकाे नाममा रहेकाे १६ कठ्ठा १७ धुर जग्गा मेघा वैकमा धिताे राखेर ऋण निकालेका थिए । जव मैनालीकाे मृत्यु भयाे  मैनालीका अंशियारकाे रुपमा एकमात्र भाई हरि मैनाली रहेकाे हुदा जग्गा फुकुवा गरि आफ्नाेमा नामसारी गर्नकाे लागि युवराज सिटाैलालाइ जानकरी गराउँदा आनकान गरेपछि २०७८/११/१५ गतेकाे दिन विर्तामाेड नगरपालिका ८ नं. काे वडा कार्यालयमा वडाध्यक्ष अजय कार्कीकाे राेहवरमा मैनाली पक्षले युवराज सिटाैलालाई ४० लाख दिएपछि फुकुवा गरिदिने सर्तनामा कागजात गरेपनि सर्तनामालाई टेकेर उल्टै धम्क्याउने गालि गलाैज गर्ने गरेकाे पीडित परिवारले जानकारी दिएका छन् ।

भु-माफियाका गिराेहले हरि काकाकाे नाममा रहेकाे जग्गा मादक पदार्थ सेवन गराएर जालझेल गरि सहिछाप गरेकाे मृतकका भतिज सुमन मैनालीले आराेप लगाएका छन् । न्यायकाे लागि जिल्ला प्रशासन कार्यालयमा जग्गा हडप्नेकाे विरुद्ध आईतबार उजुरी दिएकाे उनले बताए । जग्गा फिर्ता नभएमा कडारुपमा आन्दाेलनमा उत्रिने स्थानीयकाे भनाई छ । परिवारकाे विचल्ली बनाउने भु-माफियाहरुलाई कानुनकाे दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाईने स्थानीयकाे भनाई छ ।मृतकका एक श्रीमती र दुई छाेरी छन् ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?