Logo

भष्ट्राचार विरूद्ध राप्रपाको प्रर्दशन, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

देश प्रदेश समाचार २९ बैशाख २०८०, शुक्रबार २०:०० मा प्रकाशित

झापा नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार विरुद्ध निश्पक्ष छानबिन गरि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

विद्युत् कार्यालय अगाडी भेला भएर भष्ट्राचार विरुद्ध नाराजुलुस प्रदर्शन गर्दै कुनैपनि हालतमा दोषीलाई कारबाहीको दायरामा ल्याउन माग प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । राप्रपाले गणतन्त्र गनायो, भष्ट्राचारी होशियार, देश बेच्न पाइदैन लगायत नारा सहित शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।

कार्यक्रममा झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, नेताहरु अमर बिष्ट, अन्जार आलम, निमसरी राजवंशी, शारदा रिजाल, सिता श्रेष्ठ, तुलशा आचार्य, रञ्जु प्याकुरेल, सहित केन्द्र , प्रदेश, जिल्ला लगायत सबै तहका वर्गीय सङ्गठनका प्रतिनिधिहरू सयौँको सङ्ख्यामा उपस्थिति भएकका थिए ।
राप्रपाले सडक देखि सदनसम्म भष्ट्राचार र बेथितिको विरूद्ध बुलन्द आवाज उठाउँदै आएको छ । जस अन्तर्गत आज सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?