Logo

नेपालबाट स्याउ तस्करी घटनाको छानबिन सुरु

देश प्रदेश समाचार २१ बैशाख २०८०, बिहीबार १५:३३ मा प्रकाशित

झापा नेपालबाट स्याउ तस्करी गरेर कचनकवल नाकाहुदै भारतततर्फ लादैगर्दा बरामद भएकाे भघटनाको छानबिन सुरु भएकाे छ ।

केहीदिन अघि दक्षिणी झापाको कचनकवल गाउँपालिका– ४ स्थित पूर्वी लोदाबारी नाकाबाट ठुलो परिमाणमा चाइनिज स्याउ फेला परेको घट्नाको विषयमा छानबिन सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीको नेतृत्वमा छानबिन सुरु गरेको हो ।
चाइनिज स्याउ तस्करी घटनाको बारेमा सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय कोशी प्रदेश सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले बाहिनीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेका छन् ।
एसपी हुमागाईँ नेतृत्वमा खटाइएका टोलीले झापामा आएर छानबिन सुरु गरिसकेको डीआइजी पोखरेलले जानकारी दिए । टोलीको प्रतिवेदन आइसकेपछि सार्वजनिक गरिने उनले बताए । एसपी हुमागाईँसहितको टोलीले घटनाको छानबिन गरिरहेको बताउँदै डीआइजी पोखरेलले स्याउ तस्करी घटनामा छानबिनको क्रममा संलग्नता रहेको पाइएमा बाहिनी तानेर दोषीमाथि विभागीय कारबाही गरिने उनले जानकारी दिए । चोरी तस्करी निर्मूल पार्ने अभियानमा सङ्गठन लागि परेको उनको भनाई छ । बाहिनी हाजिर भएपछि मातहातका कार्यालयहरुमा निरीक्षण गरिरहेको उउनको भनाइ छ । कतिपय कर्मचारीलाइ शुद्धिकरणको तालिम दिइरहेको उनले बताए । सीमा क्षेत्र धेरै भएको तर जनशक्ति थोरै भएका कारण पनि समस्या हुदै आएको उनको भनाइ छ ।
टोलीले सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुकसँग घटनाको बारेमा सोधपुछ गरेका थिए । सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी शर्माको मातहत नै बिओपी केचना पर्छ । बिओपी केचना नजिकैको पूर्वी लोदाबारी नाकाबाट केही दिन अघि ठुलो परिमाणमा स्याउ तस्करी भएको थियो । कचनकवल नाकाबाट स्याउ तस्करी भइरहेको जानकारी डीआइजी पोखरेलले आइतबार मात्र थाहा पाएका थिए । त्यसपछि डीआइजी पोखरेलको ठाडो निर्देशनपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले आइतबार बेलुका मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजि स्याउ बरामद गरेको थियो । स्याउ लोड गरिएको गोदामको पनि पहिचान भएपछि डीआइजी पोखरेलले राजश्व अनुसन्धान कार्यालय इटहरीको टोली मार्फत राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोलीले पूर्वी लोदाबारी स्थित जयनारायण साहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चाइनिज स्याउ बरामद गरेको थियो
बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी अनुमानित १५ लाख रुपैयाँ मूूल्य कायम गरी सोमबार राजश्वलाई बुझाइसकेको छ ।
यता राजश्वले पनि स्याउ घटनाको बारेमा छानबिन सुरु गरिसकेको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । प्रतिवेदन तयारर गरेर विभागमा पठाइसकिएकोले प्राप्त विभागको प्रतिवेदनका आधारमा स्पष्ट हुने उनको भनाइ छ । कृषिजन्य वस्तु कुहिने भएकोले स्याउ लिलामको प्रक्रियामा जाने र त्यो सँगसँगै आवश्यक छानबिन पनि हुने उनले बताए ।
केचना, राजगढ, घेराबारी , पाठामारी, पृथीवीनगर, किचक बध लगायतका नाकाबाट समयअनुसारका सामग्रीको तस्करी हुने गरेको छ । बब्लु, जब्बर, तुलाराम, जयनारायण लगायत दर्जन भन्दा बढी कारोबारीहरुले भारतीय कारोबारीसँग मिलेर सुरक्षाकर्मीलाइ खुसी पार्दै लुट मच्चाइरहेको विभिन्न घट्नाक्रमले पुष्टि गरिसकेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?