Logo

हल्दीबारीबाट अवैध गोलियाका काठसहित ट्याक्टर नियन्त्रणमा

देश प्रदेश समाचार २० बैशाख २०८०, बुधबार १९:३६ मा प्रकाशित

हल्दीबारी । झापाको हल्दीबारीबाट प्रहरीले ६ थान अवैध गोलियाका काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हल्दीबारी गाउँपालिका- ४ स्थित मंगलबारेमा नम्बर प्लेट नभएको ट्याक्टरमा सखुवाको गोलिया काठ लोड गरी लैजाँदै गरेको अवस्थामा शंका लागेर रोकेका थिए । प्रहरीलाई देख्न साथ चालक काठसहित ट्याक्टर छाडेर भागेका थिए ।

यता बरामद गरिएको ६ थान सखुवा जातको गोलिया काठसहित ट्याक्टर  डिभिजन वन कार्यालय झापा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । पछिल्लो समयमा जलथल जंगलमा काठ तस्करी मौलाएसँगै प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको डीएसपी रिजालको भनाइ छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?