Logo

एक सञ्चारकर्मीसहित ७ जना पूर्व अध्यक्षहरूलाई सम्मान

देश प्रदेश समाचार १४ बैशाख २०८०, बिहीबार २०:१९ मा प्रकाशित

भद्रपुर । एक सञ्चारकर्मीसहित ७ जना पूर्व अध्यक्षहरूलाई सम्मान गर्दै झापा उद्योग वाणिज्य संघको ५४ औं साधारण सभा तथा २४ औं अधिवेशन सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा विहीबार भद्रपुरमा साधारण सभा  सम्पन्न भएको हो ।

कार्यक्रममा झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू महावीरप्रसाद गोयल, ओमप्रकाश सरावगी, मदनलाल गुप्ता, राजकुमार अग्रवाल, नारायण ढुङ्गाना, उमेश डालमिया र राजेन्द्र घिमिरेलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी  पत्रकारिताको माध्यमबाट संस्थाको गतिविधिलाई निष्पक्ष प्रकाशन गरेर पुर्‍याएको सेवाको मूल्याङ्कन गर्दै  पत्रकार राजवावु शंकरलाई नगद सहित सम्मान गरिएकाे थियाे  ।
कार्यक्रममा प्रमुख अतिथि वैद्य, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, महासंघका केन्द्रीय सदस्यहरू उमेश डालमिया र नरेन्द्रकुमार खड्का,वाणिज्य संघ कीर्तिपुरकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, झापाका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए  ।

अध्यक्ष नवराज पनेरू राजुको अध्यक्षतामा भएको कार्यक्रममा संघका विशिष्ट सदस्य अजय साहेवालाले स्वागत मन्तव्य र महासचिव पंकज कुमार शर्माले कार्यक्रम संचालन गरेका थिए  ।

संघको यो वर्ष निर्वाचन वर्ष पनि भएकोले आगामी वैशाख २८ गते निर्वाचनको कार्यक्रम तय भएको संघका प्रेस सल्लाहकार रोहित काफ्लेले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?