Logo

नक्कली धनीपुर्जा वितरण गरि लाखौं रकम ठगी गर्ने एक जना नियन्त्रणमा

देश प्रदेश समाचार १४ बैशाख २०८०, बिहीबार १८:२३ मा प्रकाशित

झापा नक्कली धनीपुर्जा वितरण गरी लाखौ‌ रकम असुली गर्ने काँकडभिट्टाका एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेचीनगर नगरपालिका -६ मेची डाँडाका धेरैै परिवारसगँ रकम असुलेको आरोपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले स्थानीय ज्ञानबहादुर गिरीलाई नियन्त्रणमा लिएको हो ।
उनले पुर्जा दिलाइदिन्छु भन्दै धेरेै परिवारसगँ न्युनतम १० हजार देखी ७० हजारसम्म रकम लिएर धनीपुर्जा दिएकाे पीडितहरु बताउँछन् । सो क्षेत्रमा ३ देखि ७ धुर जमिनमा वसोवास गर्दै आइरहेको पीडितहरुको भनाइ छ । वडा कार्यालयमा राजस्व बुझाउँन गएपछि मात्र नक्कली धनीपुर्जा भन्ने थाहा भएको उनीहरुले बताए । वैशाख २२ गते रकम दिने भाका दिएकोले सो मितिमा रकम नपाए पुनः अर्को निवेदन दर्ता गराउने उनीहरुको भनाइ छ ।
स्थानीयवासीको लाखौं रकम असुल गरेर पनि अहिलेसम्म सक्कली धनीपुर्जा उपलव्ध नगराएको भन्दै गत चैत १७ मा वडा कार्यालयमा किटानी जाहेरी समेत दिएका थिए । तर अहिलेसम्म पनि उनीहरुको समस्या कतैबाट समाधानका लागी पहल भएको थिएन । बरु स्थानीय स्तरमै मिलाउने प्रयास भएको भन्दै पीडितहरु असन्तुष्ट थिए ।
अहिले आएर भने प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो । गिरीलाई पक्राउ गरि अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । सो विषयमा थप विवरण माग गरिएकोले करिव डेढ सयको हाराहारिमा बसोवास गरिरहेको जानकारीमा आएको उनले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?