Logo

विद्यालयद्वरा स्थायी २ जना शिक्षकलाइ विद्यालय प्रवेशमा रोक

देश प्रदेश समाचार १२ बैशाख २०८०, मंगलवार २१:२३ मा प्रकाशित

भद्रपुर स्थायी शिक्षकहरुले विद्यालयलाइ असहयोग गरेको भन्दै झापाको एक विद्यालयले २ जना शिक्षकलाइ विद्यालय प्रवेशमा रोक लगाएको छ । भद्रपुर नगरपालिका वडा नं ९ स्थित पुहाँतु जनज्योति माद्यमिक विद्यालयका शिक्षक श्रृजना प्रसाई र डिल्लिराम अधिकारीलाइ रोक लगाएको हो ।
विद्यालय व्यवस्थापन समितिले निमावि शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्न गरेको निर्णय विरूद्ध शिक्षिका प्रसाईले अदालत गएर समितिको निर्णय उल्टाएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले विद्यालयका स्थायी शिक्षकद्वय प्रसाई र अधिकारीलाई हाजिर गर्न रोक लगाएको जनाएको छ । नयाँ शैक्षिक सत्रको पहिलो दिन वैशाख ५ गते विद्यालय पुगेका शिक्षिका प्रसाई र अधिकारीलाई व्यवस्थापन समितिका अध्यक्ष मिश्रको उपस्थितिमा हाजिर गर्न रोक लगाएको उनीहरुको भनाइ छ । त्यस यता हरेक दिन अध्यक्ष मिश्र विद्यालय आउने र हाजिर गर्न नदिने गरेको पीडित शिक्षिका प्रसाईले बताइन् । प्रसाई र अधिकारीले कानूनी रूपमा सहि कुरा उठाएको भन्दै अन्य तिन जना शिक्षिका सोही दिनदेखि हाजिर गरेका छैनन । विद्यालयमा कार्यरत शिक्षिका सुमित्रा पौडेल, कमला राई र शर्मिला अधिकारीले विद्यालय प्रशासनले प्रसाई र अधिकारीलाई हाजिर नगराउन्जेल आफुहरूले समेत हाजिर नगर्ने बताएका छन् । विद्यालयमा मावि शिक्षक हुदा हुँदै अध्यक्ष मिश्रकै जोडबलमा कानून विपरित निमावि तहका शिक्षक शिवप्रसाद पोखरेललाई निमीत्त प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्थापन समितिले २०७८ फागुन १२ गते निर्णय गरेको उनीहरुको आरोप छ । उक्त निर्णय विरूद्ध मावि तहकी शिक्षिका प्रसाईले उच्च अदालत इलाम ईजलासमा ०७९ असोज ४मा रिट हालेकी थिइन् । उत्त रिटमा अन्तरिम आदेश जारी गर्दै अदालतले पोखरेललाई निमीत्त प्रधानाध्यापकका रूपमा काम नगर्नु भनेको थियो । अदालतको अन्तरिम आदेश पछि मावि तहकी बरिष्ठतम शिक्षिका कौशल्यादेवी आचार्यलाई व्यवस्थापन समितिले २०७९ असोज ३० गते प्रधानाध्यापक नियुक्त गर्ने अर्को निर्णय गरेको थियो । विद्यालयले मावि तहकी बरिष्ठतम शिक्षिका आचार्यलाई प्रधानाध्यापक नियुक्ति गरेको निर्णय अदालतमा पठाए पछि सो सम्बन्धीको रिट अदालतले ०७९ पुस १२ मा खारेज गरेको थियो । रिट खारेज भइसकेपछि पाँच जना शिक्षक शिक्षिका विद्यालयमा सहजरुपमा अध्यापन गराउन थालेको उनीहरु बताउँछन् । विद्यालय व्यवस्थापन समितिले विद्यालयको आर्थिक कारोवार वाहेक अन्य जिम्मेवारी सहायक प्रधानाध्यापक पोखरेललाइ नै दिने निर्णय भएपछि ५ जना शिक्षकले असहमति जनाउँदै वैठकमा सहभागिता नजनाएको शिक्षक अधिकारीले बताए । विद्यालयको हुकुमी साशन बन्द गराइ विधि र पद्धतिले विद्यालय सञ्चालन हुुनु पर्ने र हाजिर गराइ पढाउन पाउनु पर्ने उनीहरुको माग छ । विद्यालयमा हुदै आइरहेका अनियमितता ढाकछाेप गर्न आफुले मान्ने शिक्षकलाइ प्रधानाध्यापक वनाउने खेल भएकाे शिक्षिका प्रसाइकाे आराेप छ । दुइ वर्ष पछि वर्तमान प्रधानाध्यापक आचार्यकाे अवकास हुने भएपछि पवन भट्टराइलाइ प्रधानाध्यापक वनाउन अहिलेबाट नै चलखेल शुरू भएकाे उनीहरूकाेे भनाइ छ । स्थानीय एक नेताले परमानन्द सरकाे रिमाेट चलाउने गरेकाे उनीहरूले बताए । नीजि शिक्षकलाइ  सञ्चय काेषमा  जम्मा हुने रकम दिदै आइरहेकाेले  ढिलाे गरी  रकम जम्मा हुने उनीहरूकाे  गुनासाे छ । केही शिक्षक हाजिर गर्ने नपढाउने,विद्धार्थीले हात तानेर पढाउन लैजानु पर्ने, कक्षा काेठामा निदाउने जस्ता कृयाकलापले विद्यालय खस्कदैै गएकाे उनीहरूकाे भनाइ छ । नराम्राे कामका लागि  विराेध गर्ने पाँचजनालाइ हटाएर हालिमुहाली गर्न खाेजेकाे उनिहरू बताउँछन् ।अन्य विद्यालय नगइ त्यही बसेर विद्यालय सुधार गर्ने उनिहरूकाे भनाइ छ  । त्यतिमात्र नभइ  प्रधानाध्यापक नियुक्ति भइसकेपनि शिवराम पाेखरेलले निमीत्त प्रधानाध्यापककाे सही गर्दै आइरहनु भएकाे उनीहरू बताउँछन् ।

विद्यालयलाइ पटक– पटक असहयोग गरेका कारण बाध्य भएर प्रसाइ र अधिकारीलाइ हाजिर गर्नबाट रोक लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्रले बताए । यस्ता शिक्षक राखेर विद्यालयको शैक्षिक स्तर खस्किने भएकोले ०७९ चैत ३० गतेको वैठकले उहाँहरुलाइ वैशाख ४ सम्म अन्य विद्यालयमा जान काज सरुवा आएमा सहमति दिने नत्र ५ गतेबाट हाजिर हुन नदिने निर्णय गरेको उनको भनाइ छ । निर्णय अटेर गरेपछि विद्यालय नआउन भनिएको उनको भनाइ छ । समस्या समाधानका लागि पटक–पटक सम्बन्धीत निकायमा मौखिक तथा लिखित जानकारी गराएपनि वास्ता नगरेको उनले बताए । प्रार्थना सममयमा सहभागि नहुने, वैठकमा  उपस्थित नहुने,अतिरिक्त कृयाकलापमा भाग नलिने,वार्षिक कार्ययाेजना नवनाउने लगायतका गतिविधि गरेकाे उनकाे भनाइ छ ।
विद्यालय प्रसाशन र व्यवस्थापन समितिले भने विद्यालयले नै व्यवस्था गरेको शिक्षक कक्षबाट पाँच जना शिक्षकलाई बाहिर निकालेर ताला लगाईदिएको उनीहरुको भनाइ छ । विद्यालयका अन्य शिक्षकलाई भने प्रधानाध्यापक र सहायक प्रधानाध्यापकसँगै प्रशासन कक्षमा बस्न भनिएको उनीहरुले बताए ।
विद्यालय व्यवस्थापन समितिले स्थायी शिक्षकलाई हाजिर नगराउने बैठकमा निर्णय गर्नु कानुन विपरीत भएको भद्रपुर नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलले बताए । योे कानून विपरीत भएको हो यस्तो गर्ने अधिकार समितिलाइ नभएको उनको भनाइ छ । यो विषयमा विद्यालय ,पाँचजना शिक्षकबिच मङ्गलबार अपरान्ह् देखि नगरपालिकामा छलफल चलिरहेको छ ।
अध्यक्ष मिश्रले ५० लाख मागे
अध्यक्ष मिश्रले सोही विद्यालयका शिक्षकसँग ५० लाख रूपैयाँ घुस मागेको उनीहरुले दाबी गरेका छन् । मिश्रले सोही विद्यालयका शिक्षक श्रृजना प्रसाई र डिल्लिराम अधिकारीसँग फोन मार्फत ५० लाख मागेको उनीहरुले बताए । मावि शिक्षक प्रसाई र प्रावि शिक्षक अधिकारीले ५० लाख रूपैयाँ जम्मा गरे हाजिर गर्न दिने अध्यक्ष मिश्रले बताएको उनीहरुको आरोप छ । ५० लाख रूपैयाँ जम्मा गरून, माफ मागुन सबथोक हुने टेलिफोन कुराकानीमा अध्यक्ष मिश्रले बताएको उनीहरुको दाबी छ । रकम जम्मा नगरे अध्यक्ष मिश्रले शिक्षक प्रसाई र अधिकारीलाई कुनै हालतमा विद्यालयमा हाजिरी हुन नदिने बताएको उनीहरुको भनाइ छ ।
रकम मागेको विषय अलग रहेको मिश्रको भनाइ छ । शिक्षिका प्रसाईले विद्यालयलाइ सहयोग गर्ने आश्वासन दिएपछि रकम छ भने खातामा जम्मा गरिदिनु भनेको विषयलाइ अतिरन्जित गरिएको उनको भनाइ छ । शिक्षकसँग घुस मागेको प्रमाणित गर्न उनले चुनौति दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?