Logo

८८ बोरा अवैध भारतीय मकैसहित ट्रयाक्टर नियन्त्रणमा

देश प्रदेश समाचार १२ बैशाख २०८०, मंगलवार २०:२४ मा प्रकाशित

झापा । झापाको गौरीगञ्ज– २ आँपगाछीमा भारतबाट अबैध रुपमा ल्याइएको ८८ बोरा मकैसहित एउटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकै लोड भएको मे १ त ७११० नम्बरको ट्रयाक्टरलाई मंगलवार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय गौरीगञ्ज र प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

उक्त गाडीलाई चेकजाँच गर्दा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी मूल्य ९६ हजार ८०० बराबरको मकै फेला परेको थियो । ४ लाख मूल्य बराबरको ट्रयाक्टरसहित सामानलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । रोक्न खोज्दा चालक  फरार भएकाे उनले जनाए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?