Logo

चितवनमा रवि ३६ हजारभन्दा बढी मत अन्तरले अगाडि

देश प्रदेश समाचार १२ बैशाख २०८०, मंगलवार १०:०१ मा प्रकाशित

काठमाडौं प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३६ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

६१ हजार २७७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४४ हजार ४८६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार २७५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत पाएका छन् ।

रवि लामिछाने जितनारायणभन्दा ३६ हजार २११ मत अन्तरले र रामप्रसाद भन्दा ३६ हजार २६९ मत अन्तरले अगाडि छन् ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?