Logo

गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत

देश प्रदेश समाचार ११ बैशाख २०८०, सोमबार १२:०३ मा प्रकाशित

काठमाडौं तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।

पछिल्लो अपडेट अनुसार उनले ११ हजार मत कटाएका छन् । वाग्लेले ११ हजार ४२८ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४३५ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ४ हजार ९९३ मत अन्तरले पछि पारेका छन् ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४८ मत पाएका छन् । खनाल भट्टराईभन्दा २ हजार ६८७ मतले र वाग्लेभन्दा ७६८० मत अन्तरले पछि छन् ।

स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन् । स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो । यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुई-दुई वटा वडा जितेका थिए ।

यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । कांग्रेस दोस्रो भएको थियो । तर भानु र आँबुकै वडाहरुबाट स्वर्णिमको पक्षमा बढी भोट खसेको छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?