Logo

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

देश प्रदेश समाचार २० चैत्र २०७९, सोमबार ११:२९ मा प्रकाशित

झापा झापामा लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं.४ बस्ने २७ वर्षिय पुष्प चेम्जोङ रहेका छन् ।

झापा जिल्ला अदालतको मिति २०७७ माघ ५ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा उनलाई ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

फरार रहेका चेम्जोङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?