Logo

फलामकाे डण्डीले विद्यार्थी कुटने प्रिन्सिपलमाथि प्रहरीमा उजुरी

देश प्रदेश समाचार ६ चैत्र २०७९, सोमबार २२:२४ मा प्रकाशित

कचनकवल । झापा कचनकवल गाउँपालिका- ६ स्थित बनियानीमा रहेको गोल्डेन फ्यूचर स्कुलका प्रिन्सिपलले विद्यार्थीहरूलाई फलामको डन्डीले पिटेका छन् । कक्षा १० मा पढ्ने ३ जना विद्यार्थीहरूलाई प्रिन्सिपल युवराज काफ्लेले फलामको डन्डीले पिटेका हुन् । हिजो परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगाडी विद्यालय प्रार्थनामा सबै विद्यार्थीहरूको अगाडी उनले फलामको डन्डीले घाइते हुने गरी पिटेको र परीक्षा पनि दिन नदिएर लट्ठी प्रहार गरी विद्यार्थीलाई विद्यालय निकाला गरेको अभिभावकहरूले बताएका छन् ।

विद्यालयबाट १० बजे बिहान निष्कासित घाइते विद्यार्थीहरू साँझ ५बजेसम्म पनि घर नपुगेपछि अभिभावकहरूले विद्यार्थीहरूको खोजी गरेका थिए। प्रिन्सिपल काफ्लेलाई सम्पर्क गर्दा पनि सम्पर्कमा नआउने र ‘जे गर्छौ गर तिमीहरूका छोराहरू मरेकै ठिक’ भन्ने जवाफ पाएपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालयमा राति ८ बजे निवेदन दिएका छन्। ती तीनै जना विद्यार्थीहरूलाई ६ दिनअघि पनि त्यही प्रिन्सिपल काफ्लेले फलामले कुटेका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?