झापा । नेपाल प्रहरीले २ लाखभन्दा माथिकाे अवैध सामान बरामद गरेकाे ।
साेमबार ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाकाे मेचीनगर नगरपालिका वडा नं.६ मा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको विभिन्न किसिमका कपडा र झापा बिर्तामोड नगरपालिका
वडा नं.३ डोमालाल राजवंशी रङशालामा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि ल्याई राखेको सुकेको सिध्रा अं.३७० केजि, मिश्रि २५ केजी र सुकेको नरिवल १५ केजी बरामद गरि आवश्यक कार्वाहीको लागी जम्मा अं.मु.रु.२,४०,०००।– बराबरको बरामद सामानहरु मेची भन्सार कार्यालय काकँरभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

लोकप्रिय समाचार




