झापा । नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित ३ जना मानिस नियन्त्रणमा लिएकाे छ ।
यसरी नियन्त्रणमा पर्नेमा झापाकाे बिर्तामोड नगरपालिका वडा नं. २ बस्ने विश्वास संग्रौला, ४ बस्ने अभिषेक शर्मा र ८ बस्ने अनिशा मण्डल रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

बिहीबार झापाकाे बिर्तामोड नगरपालिका वडा नं. २ स्थित विश्वास संग्रौलाको कोठामा शंकाष्पद अवस्थामा निजहरु बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाचँ गर्दा अनिशा मण्डलको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय, मोबायल २ थान र डिजिटल तराजु १ थान फेला परेकोले निजहरुलाई सामान सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएकाे छ ।




