झापा । नेपाल प्रहरीले ठुलाे परिणाममा प्रतिबन्धित लागूऔषध सहित १ जना मानिस नियन्त्रणमा लिएकाे छ ।
यसरी नियन्त्रण हुनेमा ईलामकाे नगरपालिका वडा नं.१२ बस्ने बर्ष २४ को सुजन बाला राई रहेकाे प्रहरीले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाकाे मेचिनगर नगरपालिका वडा नं.६ मेचिपुल स्थित राईलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४४ ग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका
प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

लोकप्रिय समाचार




