Logo

प्रतिबन्धित लागुऔषध सहित २ मानिस नियन्त्रण

देश प्रदेश समाचार २१ फाल्गुन २०७९, आईतवार ०७:४३ मा प्रकाशित

झापा । नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ मानिस नियन्त्रणमा लिएकाे छ ।

यसरी नियन्त्रणमा लिने झापाकाे शिवसताक्षी नगरपालिका वडा नं ९ बस्ने माेहन शेर्पा र विर्तामाेड नगरपालिका वडा नं १ बस्ने विशाल धिमाललाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाकाे भद्रपुर नगरपालिका वडा नं.०५ नयांबजारमा मोहन शेर्पालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ३ ग्राम ६० मिलिग्राम फेला पारेकाे हाे । त्यसैगरि ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ६ मा भारतबाट नेपाल तर्फ आउदै गरेको विशाल धिमाललाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?