Logo

१ रुपैयाँ कपकाे चिया १ लाख ५० हजारले पिए

देश प्रदेश समाचार २० फाल्गुन २०७९, शनिबार १५:३३ मा प्रकाशित

झापा बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तरष्ट्रिय औद्योगिक महोत्सव’मा एक लाख ५० हजार कप चिया विक्री भएको छ ।
नेपाली चियालाई अन्तराष्ट्रिय वजारमा चिनाउने उद्देश्य सहित स्थानीय व्यवसायी चक्र कार्की र नरेश सापकोटाले महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराउँदै आउनु भएको थियो । एक रुपैयाँमा चिया उपलब्ध गराएसंगै महोत्सव अवलोकनकर्ताले चियाको प्रशंसा गरेका गरेका थिए । झण्गै साढे सात लाख रुपैयाँ खर्चेर आएका अगन्तुकहरुलाई मेजमान नामक चिया प्रदान गरिएको हो । जसमा एक लाख ५० हजार रुपैयाँ चिया बिक्रीबाट संकलन भएको बताइएको छ ।
सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराएसँगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तको समेत तारिफ गरेका थिए । ‘रंग छिटो खाँदा मिठो’ भन्ने नारा सहित आएका अबलोकनकर्तालाई मेजमान चिया प्रदान गरिएको हो । महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराएपछि बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी र महोत्सव मुख्य आयोजक समितिले समेत मेजमान चियाको प्रशंसा मात्रै गरेनन् व्यवसाय प्रवद्र्धनका लागि खेलेको भुमिकाको उच्च मुल्याङ्कग गरिएको जनाएका थिए ।

यसैबीच अर्जुधारा नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष हरिशचन्द्र वास्तोलाले आफ्नो वडामा सञ्चालित उद्योग र उद्योग सञ्चालकले नम७त्रगयतसना काम गरेको भन्दै कदर पत्रद्वारा सम्मान गरेका छन् । उनले व्यवसाय प्रवद्र्धन र औद्योगिक मेलामा एक रुपैयाँमा चिया उपलब्ध गराएर सह्रानीय काम गरेको भन्दै कदरपत्र प्रदान गरेका हुन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?