झापा । झापाकाे बिभिन्न स्थानबाट नेपाल प्रहरीले अवैघ सामान बरामद गरि नियन्त्रणमा लिएकाे छ ।
बिहिबार रातकाे समयमा ईलाका प्रहरी कार्यालय कुमारखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापाकाे झापा गाउँपालिका वडा नं.१ सालमारा स्थित भारतबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको १८ थान प्लाष्टिकको टेवलहरु बरामद गरेकाे हाे । त्यसैगरी साेहिदिन साझँकाे समयमा ईलाका प्रहरी कार्यालय
काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ स्थित नेपालबाट अबैध रुपमा भन्सार छलि भारत तर्फ लादैं गरेको ६० के.जि.सुपाडी बरामद गरीएको र उक्त बरामद सामानहरु अं.मु.रु.९४,०००।– बरावरको रहेकाेले आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

लोकप्रिय समाचार




