झापा । नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ मानिस नियन्त्रणमा लिएकाे छ ।
यसरी नियन्त्रणमा लिने झापाकाे मेचिनगर नगरपालिका वडा नं ६ बस्ने सन्ध्या दर्जी र झापाकाे अर्जुनधारा नगरपालिका वडा नं ११ बस्ने सागर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

बिहिबार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेकी सन्ध्या दर्जीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ ३ ग्राम फेला पारेकाे हाे । त्यसैगरी झापाकाे मेचीनगर नगरपालिका वडा नं.६ स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको सागर गिरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट पनि प्रतिवन्धित लागूऔषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ७०० मिलिग्राम
फेला परेकोले दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा
राखी थप अनुसन्धान कार्य भइरहेको भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।




