Logo

प्रतिबन्धित लागुऔषध सहित २ मानिस नियन्त्रण

देश प्रदेश समाचार १८ फाल्गुन २०७९, बिहीबार १४:०३ मा प्रकाशित

झापा नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ मानिस नियन्त्रणमा लिएकाे छ ।

यसरी नियन्त्रणमा लिने सप्तरीकाे राजविराज नगरपालिका वडा नं ७ का महमद नसिम र सिराहाकाे सखुवानकर्कटी वडा नं २ का शिव शंकर यादवलाइ प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

बुधबार लागुऔसध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाकाे बिर्तामोड नगरपालिका वडा नं.४ पश्चिम स्टेन स्थित शंकास्पद अवस्थामा बसिरहेको मानिसलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिवन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने लिसाइलो पदार्थ अं.१२ ग्राम फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?