काठमाडौं । बिहीबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख २ हजार ६ सय, तेजाबी सुनको मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ ।

बुधबार छापवाल सुनको मूल्य एक लाख एक लाख एक हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
लोकप्रिय समाचार




