Logo

प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा

देश प्रदेश समाचार ४ फाल्गुन २०७९, बिहीबार २०:२४ मा प्रकाशित

झापा नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा लिएकाे छ ।

बिहिबार झापाकाे अर्जुनधारा नगरपालिका ३ का ऐतराज इवा र साेहि वडाका प्रकाश खातीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकरी दिएकाे छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाकाे मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेचीपुलमा भारतबाट नेपाल तर्फ आउदै गरेका ऐतराज इवाले दाहिने हातमा बोकेको अण्डाको क्यारेड खोली हेर्दा उक्त क्यारेडमा जम्मा रहेको १२ पिस अण्डा मध्ये बिचमा रहेको एउटा अण्डालाई सानो दुलो बनाई भित्री भाग फालेर हरियो रङको प्लाष्टिकको पोकामा लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ५ ग्राम राखिएको अवस्थामा फेला परेकोले निजहरु दुबै जनालाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?