Logo

चाेरी मुद्दाका २ जना प्रतिवादी फरार पक्राउ

देश प्रदेश समाचार २६ माघ २०७९, बिहीबार २१:५८ मा प्रकाशित

झापा जिल्ला प्रहरी कार्यलय झापाले चाेरी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरि झापा जिल्ला अदालतमा बुझाएकाे छ ।

पक्राउ पर्नेमा झापाकाे  गौैरादह नगरपालिका वडा नं. २ बस्ने एलेक्स भन्ने बिजय चौधरी र साेहि नगरपालिका वडा नं ८ बस्ने बिजय भन्ने रोबिन राजबंशी रहेका छन् । उनीहरुलाई झापा जिल्ला अदालतको मिति २०७८।०७।१४ गतेको फैसला अनुसार चोरी मुद्धामा फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले माघ २६ गते पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?