काठमाडाै।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएको छ ।अनियमितता गरेको आरोपमा चुडाललाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई उजुरीका आधारमा नियन्त्रणमा लिएका छौँ । उहाँ नवौँ तहको कर्मचारी हुनुहुन्छ ’ उनले भने । उनले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास बनाइदिन भन्दै प्रतिमहिना १० हजार लिने गरेको पाइएको अख्तियारको दाबी छ । कात्तिक २०७८ देखि हालसम्म १५ महिनाको एक मुष्ठ १ लाख ५० हजार घुस लिइसकेकाे अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।चुडाल यसअघि भद्रपुर विमानस्थलको कार्यालय प्रमुख रहेका थिए ।




