Logo

प्रदेश १ सरकारद्वारा चार वटा मन्त्रालय खारेज

देश प्रदेश समाचार ७ माघ २०७९, शनिबार ०९:५५ मा प्रकाशित

विराटनगर  प्रदेश १ सरकारद्वारा चार वटा मन्त्रालय खारेज गरेकाेछ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्काे बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै चार मन्त्रलय घटाएर ९ कायम गरेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले  चार मन्त्रालय संख्या खारेज गरेर ९ मा झार्नेको सरकारका प्रवक्ता एवं विना विभागिय मन्त्री भक्ति सिटौलाले जानकारी दिए ।

अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्याेग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन र वन तथा वातावरण मन्त्रालय रहनेछन् ।

यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय खारेज भएका छन् । खारेज भएका मन्त्रालयको जिम्मेवारी कायम रहेका मन्त्रालयमा तोकिनेछ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?