झापा । झापामा अवैध तरिकाले गिट्टिबालुवा उत्खनन् गरिरहेका २ ट्याक्टर सहित २ जना मानिस प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
नियन्त्रण हुनेमा झापा मेचीनगर नगरपालिका-३ बस्ने सागर तामाङ र सुुजन धिमाल रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

शुुक्रबार झापा मेचीनगर नगरपालिका वडा नं.३ स्थित निन्दा खोलामा ऐ.बस्ने बर्ष २० को सागर
तामाङले चलाई ल्याएको प्रदेश १-०१-००१ त ८९४२ र ऐ.बस्ने बर्ष- २२ को सुजन धिमालले चलाई ल्याएको प्रदेश १-०१-००१ त ८३१७ नम्बरको ट्याक्टरहरुले अबैध रुपमा गिटि बालुवा उत्खनन गरीरहेको
अबस्थामा फेला पारी चालकहरु सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेचिनगर नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।
लोकप्रिय समाचार




