Logo

बैंकिङ कसुर मुद्दामा फरार प्रतिबादी पक्राउ

देश प्रदेश समाचार २९ पुष २०७९, शुक्रबार १२:३४ मा प्रकाशित

झापा बैंकिङ कसुर मुद्दामा फरार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापा विर्तामाेड नगरपालिक साविक वडा नं. २ चारपाने बस्ने वर्ष ३९ काे सागर प्रसाद सेलवाल रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

पुस २८ गते सम्मानित उच्च अदालत पाटनको मिति २०७७।१०।१९ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्धामा फरार रहेका प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले मिति २०७९।०९।२८ गते पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हुँदा सम्मानित अदालतको आदेशले निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?