झापा । लागूऔषध (गाँजा) मुद्दामा फरार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा झापा कमल गाँउपालिका-३ बस्ने वर्ष ३८ कि भिम कुमारी लिम्वस लावती रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

पुस २७ गते जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले मिति पुस २७ गते
पक्राउ गरी पुस २८ गते फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हुँदा सम्मानित अदालतको आदेशले निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।
लोकप्रिय समाचार




