Logo

प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस नियन्त्रण

देश प्रदेश समाचार २५ पुष २०७९, सोमबार ०६:४८ मा प्रकाशित

झापा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी
टोलीले आइतबार प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा लिएकाे छ ।

पुस २४ गते आइतबार झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं.७ बस्ने वर्ष २३ को ओम पोर्तेललाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

त्यसैगरि साेहि दिन अन्दाजी अपरान्ह ४:०० बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.४ बस्ने वर्ष २२ को महमद सवर अन्सारीलाई लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागी
चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १६ ग्राम ६०० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेकाे पाठकले जानकारी दिए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?