Logo

प्रतिबन्धित लागुऔषध सहित ३ जना नियन्त्रणमा

देश प्रदेश समाचार २४ पुष २०७९, आईतवार १०:४३ मा प्रकाशित

झापा ।  ईलाका प्रहरी कार्यालय दमक झापाले प्रतिबन्धित लागुऔषध सहित ३ जना मानिसलाई शुक्रबार नियन्त्रणमा लिएकाे छ ।

जिल्ला झापा दमक नगरपालिका वडा नं. ६ बसपार्क छेउ स्थित इलाका प्रहरी प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ७ प ७८०५ नं. को मोटरसाईकलमा सवार जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं.१ बस्ने वर्ष ३० को संजय महत्तो र ऐ. बस्ने वर्ष २५ को सवर्ण यादवलाई चेकजाँज गर्ने क्रममा निजहरुको साथबाट प्रतिवन्धित लागूऔषध जस्तो देखिने NITRAVET-10 लेखिएको १५० ट्याप्लेट फेला परेकोले मोटरसाइकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।

यसैगरि मिति२०७९/०९/२३ गते अ.१७:०० बजेको समयमा लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाँ र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं.१० सुगम टोल बस्ने बर्ष अ.२८ को दिपक राजबंशीको घरमा शंका लागी घर खानतलासी गर्दा कोठा भित्र रहेको काठको र्‍याक भित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ १ ग्राम फेला परेकोले निजलाई समेतसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको पाठकले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?