Logo

सरकारको न्यूनतम साझा कार्यक्रम : पृथ्वी जयन्तीमा सार्वजनिक विदा

देश प्रदेश समाचार २३ पुष २०७९, शनिबार ०७:४३ मा प्रकाशित

काठमाडौं सत्तारुढ दलहरु २७ पुसमा सार्वजनिक विदा दिन सहमत भएका छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटेको हो ।राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो ।

कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने ।’


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?