झापा । नक्कली सुनलाई सक्कली सुन भनेर बिक्री गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
शुक्रबार ईलाम जिल्ला फाक्फोकथुम गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने वर्ष २६ को दिनेश श्रेष्ठ भन्ने शेर बहादुर बराईलीलाई ईलाका प्रहरी कार्यालय धुलाबारीकाे प्रहरी टाेलिले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार पुस २० गते झापा मेचीनगर नगरपालिका वडा नं.९ स्थित रहेको रोशन कुमार गजमेरले संचालन गरेको हनुमान ज्वेलर्समा सुन जस्तो देखिने पहेलो धातुको बेरुवा औठी २ थान (तीन तोला) देखाई मुल्य रु.एक लाख असी हजार राखी रु. एक लाख सत्तरी हजार लिएकाे र दश हजार पछी लिन आउने सहमति भएकाेमा खरिदकर्तालाई शंका लागि प्रहरीलाई खबर गरेपछि ठगी गरी लगेको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा पुस २२ गते अ.१७:०० बजेकाे समयमा सोही स्थानमा बाँकी पैसा लिन आउदा पक्राउ गरी ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य भइरहेको बताएका छन् ।




