झापा । ईलाका प्रहरी कार्यालय दमक झापाले प्रतिबन्धित लागुऔषध सहित २ जना मानिसलाई बिहिबार नियन्त्रणमा लिएकाे छ ।

जिल्ला झापा दमक नगरपालिका वडा नं. २ खरखरे स्थित सन्तोष राजवंशीको घर भित्र निज सहित ऐ.बस्ने बर्ष ३६ को लिला कुमार बुढाथोकी, ऐ. बस्ने वर्ष २८ को केशव धिमाल र ऐ.१ बस्ने बर्ष ३१ को सन्दिप लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धि लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम फेला परेकोले निजहरुले प्रयोग गरेकाे को.१४ प.७७८४, मे.८.प ३०६६ नम्वरको मोटरसाइकलहरु र बिभिन्न कम्पनिको मोवाइल ५ थान सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।

लोकप्रिय समाचार




