झापा । ईलाका प्रहरी कार्यालय दमक झापाले प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा लिएकाे छ ।
जिल्ला झापा दमक नगरपालिका वडा नं. १ श्रीपाली चोक स्थित ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नं.को FZ मोटरसाइकल चालक ईलाम जिल्ला फाकफोकथुम गाउँपालिका वडा नं. ४ घर भई हाल झापा जिल्ला दमक नगरपालिका वडा नं. १ कुमाल चोक बस्ने वर्ष ३९ को धनराज आलेलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ८०० मिलिग्राम र झापा जिल्ला दमक नगरपालिका वडा नं. ९ स्थित ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक बजारकाे एक चिया दोकानमा बसिरहेको अवस्थामा झापा जिल्ला दमक नगरपालिका वडा नं. ९ बस्ने वर्ष २६ की अनिशा कार्कीलाई शंका लागी चेकजाँज गर्दा निजको साथबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ २ ग्राम फेला परेकोले निजहरु दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।





